ओली र प्रचण्डबीच वार्ताको तयारी



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक केही बेर बसेर स्थगित भएको हो ।

अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्वाद गर्ने तयारी छ ।

स्थायी कमिटी बैठक बेही बसेर बसेर स्थगित भएको जानकारी दिँदै एक स्थायी कमिटी सदस्यले भने–‘अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर, प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

प्रकाशित : असार १८, २०७७

प्रतिक्रिया दिनुहोस्