आजदेखि भिसाकोे म्याद भएकालाई श्रम स्वीकृति दिने



काठमाडौंः सरकारले झण्डै ४ महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ ।

श्रम गन्तव्य देशहरुमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति आजदेखि पुनः खुल्ला गरिएको हो ।

वैदेशिक रोजगार विभाग ताहाचलका प्रमुख उमेश बस्नेतले दिएको जानकारी अनुसार भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजदेखि पुनः श्रम स्वीकृति दिने भएको छ ।

पुनः श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उनले बताएका छन् । पुन: श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिने छ ।

श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ । (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो ।

बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ । पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्