२४ असारमा शान्ति मिसनका लागि नेपाली सेना अफ्रिका जाँदै



काठमाडौं : नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका छन् ।

यही असार २४ गते नेपाल एयरलाइन्सको विमान शान्ति मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर ती दुई देशमा पुग्नेछ ।

यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार दुबै उडान ८ जुलाई अर्थात असार २४ गते नै हुनेछ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्ने र त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्