आज ४ सय ७३ जना कोरोना संक्रमित थपिए



काठमाडौंः आज (बिहीबार) कोरोना संक्रमितहरु ४ सय ७३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा कोरोना संक्रमितहरु बिहीबार १४ हजार ५ सय १९ जना पुगेका छन् । अहिलेसम्म कोरोना निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् भने अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्