दुई दिनका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक शुरु भएको थियो । तर, लगत्तै बैठक स्थगित भएको हो ।

बैठक शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्