काठमाडौंमा २८ जनामा कोरोना संक्रमण



काठमाडौं : बिहीबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २–२ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता जगेश्वर गौतमले जानकारी दिए ।

बिहीबार नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्