वीरगन्जमा नागरिकता विधेयक फिर्ताको माग गर्दै समाजवादी विद्यार्थीको प्रर्दशन



वीरगन्जः नागरिता विधेयक संशोधनकाने खारेजी माग गर्दै जनता समाजवादी पार्टी पर्सा ठाकुरराम बहुमुखी क्याम्पस एकाईले वीरगन्जमा विरोध प्रर्दशन गरेको छ ।

समाजवादी पार्टीले बुधबार घोषणा गरेको साता व्यापी विरोधका कार्यक्रम अन्तरर्गत विद्यार्थी समूहले बिहिबार घण्टाघर चोकमा विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागि विद्यार्थी नेताहरुले नागरिकता विधयेक खारेज गर, केपी तेरो पाराले दुख पायो साराले, १० अर्बको खर्च सार्वजनिक गर, हिमाल, पहाड, तराई कोही छैन पराई, महिला विभेद बन्द गर लगायत अंकित नारा लेखिएको प्लेकार्ड देखाउँदै विरोध प्रर्दशन गरेका हुन् ।

विरोध प्रदर्शनमा प्रदेश सांसद जन्नत अंसारीले सरकारले ल्याएको विभेदकारी नागरिकता संशोधन विधयेक फिर्ता नगरेसम्म आन्दोलन जारी नै रहने बताए । नागरिकता विधयेक मधेसको मात्र समस्या नभई हिमाल, पहाड लगायत सम्पूर्ण नेपाली जातजातीको समस्या हो, उनले भने, तर सरकारले यो विभेदकारी निति ल्याएर मधेसी माथि नै एककिसिमको विभेद लाद्न खोजिएको छ हामी कुनैपनि हालतमा यो निति मान्न तयारी छौनौं ।

एकाईका अध्यक्ष हरेन्द्र साहको नेतृत्वमा भएको विरोध प्रर्दशन प्रदेश सांसद अंसारी, भिमा यादव, करिमा बेगम, पार्टीका केन्द्रिय सदस्य रम्भा मिश्रा, मुन्नी श्रीवास्तव, जिल्ला अध्यक्ष अध्यक्ष रामनरेश यादव, उपाध्यक्ष सुन्दर कुर्मी, बरिष्ठ नेता रामचन्द्र पंडित, ओम प्रकाश सर्राफ, सचिव तबरेज अहमद, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान अंसारी, विद्यार्थी नेताहरु सरोज यादव, मनोज यादव, मनमोहन पाण्डे, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्