प्रहरी चौकी निर्माणका लागि मुसहर समुदायले गरे जग्गा दान



जनकपुरधाम : महोत्तरीको भङ्गाहा नगरपालीका ९ का मुनिलाल सदा मुसहरले प्रहरी चौंकी निर्माणका लागि जग्गा दान दिएका छन् । मुनिलाल र सोही ठाउँ बस्ने लक्ष्मेश्वर यादवले संयुक्त रुपमा ५ कठ्ठा १२ धुर जग्गा प्रहरी चौकीलाई दिएका हुन् । उनीहरूले महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई जग्गा धनी प्रमाण पुर्जा बुझाएका छन् । गाउँमा अपराध नियन्त्रण गर्न प्रहरीको आवश्यकता महसुस भएपछि प्रहरी चौकी निर्माण गर्न जग्गा उपलब्ध गराएको उनीहरूले बताए । मुसहर समुदाय नेपालको आर्थीक र शैक्षिक रुपमा पछि परेको समुदाय हो । 

प्रतिक्रिया दिनुहोस्