प्रधानमन्त्री ओलीद्वारा इनफ इज इनफ ग्रुपका अनसनकारीहरूलाई भेट



काठमाडौंः प्रधानमन्त्री केपी शर्माओलीले इनफ इज इनफ ग्रुपका अनसनकारीहरूलाई भेट गरेका छन् ।

उनले अनसनकारीहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गरेका हुन् । भेटमा (कोभिड-१९) नियन्त्रण गर्न पारदर्शी ढंगले सरकारले सक्रिय रहेको बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका छन् ।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ईस् र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो ।

अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार र ईस्सँग प्रधानमन्त्रीले कुरा गरिरहेको इनफ इज इनफले जनाएको छ ।

प्रधानमन्त्री नै अस्पताल पुगेर सत्याग्रहीहरुको बारेमा बुझ्न आउनु सकारात्मक रहेको इनफ इज इनफले बताएको छ । उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्