कोरोनाः अमेरिकामा १ लाख २८ हजारभन्दा धेरैको मृत्यु



काठमाडौंः कोरोनाभाइरसको चपेटामा अमेरिका नराम्रोसँग फसेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण प्रभावितको संख्या लाखौँ पुगेको छ । त्यहाँ संक्रमित मात्र २७ लाख भन्दा बढी पुगेका छन् ।

अमेरिकामा बुधबार मात्र ५२ हजार जना नयाँ संक्रमित थपिएका थिए । यो अहिलेसम्म अमेरिकामा एकै दिन भेटिएका मध्ये सबैभन्दा धेरै हुन् ।

महामारीबारे अध्ययन गरिरहेको जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अहिलेसम्म अमेरिकामा १ लाख २८ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्