उपाधि होडमा रियल बलियो, बनायो चार अंकको अग्रता



एजेन्सी : स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडले आफुलाई बलियो बनाउँदै गएको छ । गएराति भएको खेलमा गेटाफेमाथि संघर्षपूर्ण जित निकाल्दै रियलले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको स्पष्ट अग्रता कायम गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोसले ७९ औँ मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै शीर्ष स्थानको रियल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ ।

अब लिगमा हरेक टिमको पाँच पाँच खेल्न बाँकी छ । यदी रियलले पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियल मड्रिडले सन् २०१२ पछि दोस्रोपटक उपाधि जित्ने छ ।

प्रतिक्रिया दिनुहोस्