चर्चित नृत्य निर्देशक सरोज खानको निधन



भारत– बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति ७२ वर्षको उमेरमा निधन भएको छ।

बीबीसी हिन्दीका खान पछिल्लो समय विरामी थिइन् । २० जुनमा सास फेर्न समस्या भएपछि उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

समाचार एजेन्सी एउनआईको अनुसार बिहीबार राती उनलाई कार्डिएक अरेस्ट भएको थियो ।

उनको अन्त्योष्टि मुबाईको मलाडको मालवाणीमा गरिनेछ । पछिल्लो समय उनको कोरोना परीषण पनि गरिउको थियो । रिपोटए नेगेटिभ आएको छ ।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ’देवदास’ सिनेमाको ’डोला रे डोला’, माधुरी दिक्षित अभिनित ’तेजाब’ सिनेमाको ’एक दो तीन’ र ’जब वी मेट’ सिनेमाको ’ए इश्क हाय’ लगायतका छन्।

उनले अन्तिमपटक करन जोहर निर्मित ’कंलक’ सिनेमाको ’ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्। सरोज खानले २००० भन्दा बढी गीत कोरियोग्राफ गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्