श्रीलंका सुपर लिग फुटबल नोभेम्बरको अन्तिमबाट सुरु गरिने



एजेन्सी : दक्षिण एसियाली मुलुक श्रीलंकाले सुपर लिग फुटबल नोभेम्बरको अन्तिमबाट सुरु गरिने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले श्रीलंकन सुपर लिग नोभेम्बरको अन्तिममा सुरु हुने जनाएको हो ।

श्रीलंकन सुपर लिगमा १० टिम सहभागी रहेका छन् । यसअघि प्रतियोगिता अप्रिलमा सुरु हुने भएपनि कोरोना महामारीका कारण लिग स्थगित भएको थियो ।

तोकिएको समयमा लिग सुरु भए श्रीलंका दक्षिण एसियामा कोभिड–१९ पछि फुटबल सुरु गर्ने पहिलो राष्ट्र बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्