चीनमाथि ट्रम्पको हमला



काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर फेरि एकपटक चीनमाथि हमला गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ विपत्ति भनेका छन् । उनले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ प्लेगको संज्ञा दिएका हुन् । उनले चीनले चाहेको भए कोरोना भाइरस अन्य देशमा नफैलिने दाबी गर्दै तर चीनले त्यसो नगरेको आरोप लगाएका छन् ।

उनले चीन र अमेरिकाले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरे पनि त्यसको मसी सुक्न नपाउँदै यो घटनाले ढक्ढक्याएको पनि बताएका बीबीसीले जनाएको छ ।

एजेन्सी/ प्रकाशन–२०७७ असार, १९

प्रतिक्रिया दिनुहोस्