भारतमा एकजना डिएसपीसहित आठ प्रहरीको हत्या


एजेन्सी : भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरूले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ ।

सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । विकास दुवे नाम गरेका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही अपराधी रहेको भन्ने आशङ्कामा प्रहरीले शुक्रबार बिहान उनको घर घेरा हालेको थियो ।

तर सोही क्रममा सो घरभित्र रहेको आशङ्का गरिएका ती व्यक्तिले नै गोली चलाएका थिए । गोली लागेर प्रहरीका एक डिएसपी देवेन्द्र मिश्रसहित आठ जना प्रहरीको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

शुक्रबारै बिहान सो क्षेत्रमा उत्तर प्रदेश प्रहरीका प्रमुखसहितको ठूलो सङ्ख्याको प्रहरी घटनास्थलमा पुगेको बताइएको छ ।

उनीहरूले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको बताएका छन् । त्यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।

उनले उक्त घटनाको गहिरो अनुसन्धान गरेर दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न उत्तर प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएकाे जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य