मोदीको जल्वा गलवान घाँटीमा



काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार अचानक चीनको बोडर लदाख स्थित गलवान घाँटीको भ्रमण गरे । विशेष सुत्रका अनुसार प्रधानमन्त्री मोदीको लदाख(लेह) जाने कार्यक्रम शुक्रवार बिहाज अचानक निश्चित गरिएको थियो ।

भ्रमण हुने कार्यक्रम पूर्व विहिबार अबेर रातीसम्म भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा लदाखको भ्रमण गर्ने तय भएको थियो । तर कार्यक्रमको सम्पूर्ण ढाँचा परिवर्तन गरि आज प्रभातःको समयमा प्रधानमन्त्री नरेन्द्र मोदी आफै भ्रमणमा निस्किए ।

सुत्रको मुताबिक मोदी जाने कार्यक्रम भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले कार्यक्रमको पुर्व ढाँचामा परिवर्तन गरि बनाएका थिए।

अहिले प्रधानमन्त्री नरेन्द्र मोदी लदाखको गलवान घाँटीमा पुगेका छन् । केहि दिन पूर्व गलवान घाँटीमा चीनीयाँ र भारतीय सेनाबीच दुईपक्षीय संघर्षमा करिव २० भारतीय सेना जवानको मृत्यु भएको थियो। त्यही स्थानमा करिब ५४ चीनीयाँ पक्षका सेनाको समेत दुईपक्षीय संघर्षको क्रममा घटनास्थलमै मृत्यु भएको थियो । घाँटीमा दुईपक्षीय संघर्षमा मृत्यु भएका सेनाप्रति श्रद्धान्जली एवं सम्वोधन गर्न मोदी घाँटी पुगेका थिए।

त्यस्तै गलवान घाँटीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वाँडर निरक्षण भएको थियो साथै सेनासँग विभिन्न विषयमाथि राय समेत लिएका थिए। गलवान घाँटीमा केहि समय सेनालाई साथ दिँदै सेनालाई सम्बोधनका साथ श्रद्धान्जली समेत ब्यक्त गरेका थिए।

मोदी लदाखको एयरपोर्टबाट सिधा नीमू गाँउ पुगेका थिए। निमू गाँउ ११०० फिटको उचाईमा रहेको गांउ हो जसको सीमा पाकिस्तानको भूभागसंग छोएको छ।

प्रधानमन्त्री मोदीले आफनो यो वर्तमान लदाखको भ्रमणबाट चीन र पाकिस्तानलाई दुबैलाई एकसाथ भारतको फोरर्वाड सुरक्षानीतिको सन्देश दिन खोजेको हो भनेर अन्तर्राष्ट्रिय संचारमाध्यममा स्तरमा चर्चा रहेको छ ।

भारत/लदाख– प्रकाशन २०७७ असार, १९

प्रतिक्रिया दिनुहोस्