गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण



काठमाडौं : गण्डकी प्रदेशमा शनिबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि बाग्लुङका २, म्याग्दीका ३, स्याङ्जाका १, तनहुँका २, कास्कीका २ र नवलपरासीका ७ जना रहेका छन् ।

नवलपरासी देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चितवनमा परीक्षण गरिएको थियो ।त्यस्तै पोखरा स्वास्थ्य

विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरका २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार म्याग्दीको रघुगंगा २ र मंगला गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ जिल्लाको बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ । कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् ।

संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ । जसमध्ये ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको भएको छ । शनिबार विहान गोरखामा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।

No photo description available.

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफ्नो कदमलाई संवैधानिक दावी गर्दै

काठमाडौं : विश्वमा कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा