नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित



काठमाडौं : आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

बैठक असार २२ गते बस्ने गरी स्थगित भएको एक नेताले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो । तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि स्थगित गरिएको हो ।

शुक्रबार बिहान तीन घण्टा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढ्दै गएको हो ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्