कागजमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला



जनकपुरधाम : जनकपुरमा कागजमा बेरेर बीच बाटोमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं–८ रामानन्द चोकस्थित मेरी स्टोप्स जाने बाटोमा कागजमा पोको पारेर फालिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुनसक्ने स्थानीयको आशंका छ ।

शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्