होम क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु



कैलालीः कैलालीकोे गोदावरी नगरपालिका वडा नं.१० मा होम क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नं.१० का अध्यक्ष रवीन्द्र शाहीले बताए ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । ‘प्यारालाइसिस र रक्तचापको समस्या उनमा पहिलेदेखि नै थियो,’ अध्यक्ष शाहीले भने ।

उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ ।
रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताएका छन् ।

त्यस्तै कैलालीमा दुई युवतीको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा २ युवतीको शव फेला परेको हो ।

जंगलमा फेला परेको शव धनगढी उपमहानगरपालिका ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको देखिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी फेला परेको छ ।

शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार दुवै युवतीहरु संगै बस्दै आएका थिए । करिश्मा वडा न ७ मै रहेको आफ्नो दिदीको घरमा बस्ने गरेकोमा केही बर्षयता गोमाकै घरमा बस्दै आएको स्थानीयले बताएका छन् ।

उनीहरु दुवै समलिंगी रहेको जानकारी स्थानीयले दिएको प्रहरी प्रवक्ता विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफ्नो कदमलाई संवैधानिक दावी गर्दै

काठमाडौं : विश्वमा कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा