प्रेमिकासंगै नहरमा हाम फालेका युवक मृत फेला



मेहन्द्रनगरः कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत फेला परेका छन् ।

उनी नेपाली सेनामा कार्यरत रहेका थिए । कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाका अनुसार २३ वर्षीय राकेश चौधरीको शव हाम फालेकै ठाउँमा फेला परेको हो ।

शुक्रबार दिउँसो १२ बजे तिर भीमदत्त नगरपालिका २ उल्टाखामका राकेशसंगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेकी थिइन् ।

उनको महाकाली अस्पताल कञ्चनपुरमा सामान्य उपचारपछि डिस्चार्ज भएको छ । केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्