कांग्रेस सांसद छन्त्यालको ठाउँमा सुवर्ण ज्वारचन



काठमाडौं : नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनले अवसर पाउने भएकी छन् ।

कांग्रेसको आदिवासी जनजाति महिलातर्फको सूचीबाट सांसद बनेकी छन्त्यालको असार १७ गते निधन भएको थियो । उनको निधनपछि रोलक्रममा रहेकी ज्वारचनले अवसर पाउने भएकी हुन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले पाएको ४० सिटमध्ये आदिवासी जनजाति महिला सूचीबाट उनीसहित पाँचजना निर्वाचित भएका थिए ।

अब छन्त्यालको निधनपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी ज्वारचनलाई कांग्रेसले सिफारिस गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जुन प्रक्रियाबाट आएको सांसदको पद खाली भएको हो त्यही प्रक्रियाबाट पूरा गर्नुपर्ने व्यवस्था छ ।

कांग्रेस संसदीय दलको सूचनाका आधारमा संसद सचिवालले निर्वाचन आयोगलाई पत्र पठाएपछि ज्वारचनको नियुक्त गर्ने बाटो खुला हुनेछ ।

ज्वारचन प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका बेला सहरी विकास राज्यमन्त्री भएकी थिइन् ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्