ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु



प्यूठान : चुनढुंगा बोकेको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थमै मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका ८ लुप्लुङबाट चुनढुंगा बोकेर दाङको कालाकाटेतर्फ जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा नौबहिनी–६ पीपलटारीका ३० वर्षीय चालक रोशन थापा र अन्दाजी २७ वर्षका सहचालक जोगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्