वीरगन्जको मुख्य सडक पोखरीमा परिणत



पर्सा : आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरपालिको मुख्य सडक पोखरीमा परिणत बन्दै गएपनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । नेपालको प्रमुख प्रवेशद्वार पनि वीरगन्ज नाकालाई नै भन्ने गरिन्छ । मुलुकको कुल राजश्व मध्ये ६० प्रतिशतभन्दा बढी राजश्व वीरगन्ज भन्सार कार्यालयबाट राज्यले उठाउँने गरेको छ । तर, त्यही राजश्व संकलन हुने भन्सार क्षेत्रको मुख्य सडक अहिले पोखरीमा परिणत हुदाँ पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

नेपाल–भारत सिमानामा रहेको मितेरी पुल देखि रजतजयन्ती चोक सम्मको करिब आधा किलोमिटर सडक ठाउँ—ठाउँमा दुई/तीन फिट गहिरो खाल्डो भई पोखरीमा परिणत भएको छ ।

लकडाउनमा पनि दैनिक औसतमा ८/९ सय मालवाहक गाडी आउजाउ गर्ने गरेको छ । दैनिक ४२ देखि ४५ करोड भन्सार राजश्व समेत उठ्ने वीरगन्ज –रक्सौल नाकाको मितेरी पुल र त्योसगैं जोडिएको वीरगन्ज भन्सार क्षेत्रको सडक पनि जीर्ण भइ सकेको छ ।

विगत ८ महिनादेखि यो सडकको अवस्था जर्जर भएपनि जोमिख मोलेर आउने जाने गरेको सिमापारीबाट क्लीनिक ल्याउँदै गरेका ट्रिपरका चालक चालक विनोद साहले बताए । खाल्डो सडकमा गाडी गुडाउँदा गाडीमा क्षति हुनुका साथै गाडी नै पल्टी ज्यान जाने सम्भावना बढी रहेकोले बाध्य भई ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको उनले बताए ।

वीरगन्ज महानगरपालिका नामको लागि मात्र हो । तर, गाउँपालिकाभन्दा कम छैन । सडक विग्रेको महिनौ भईसक्दा पनि आफनो ध्यान पु-याएको छैन । विग्रेको सडकमा सवारी साधन दुर्घटना भई कहिले एक्सल त कहिले क्राउँन समेत भाँच्ने गरेको पीडा सुनाउँछन अर्काका चालक गर्भु यादव ।

This image has an empty alt attribute; its file name is 107093733_2697849363829493_6723764948081301091_n.jpg

वीरगन्ज महानगरपालिकाले पटके सवारी करका नाममा रकम उठाउदै आएको भएपनि पुल मर्मतका लागि चासो नदेखाएको सवारी चालकहरुको गुनासो छ । महानगरले ६ चक्के सवारीसँग दैनिक ११५ र १० चक्के सवारीसंग १७० रुपैया पटेक सवारी कर असुल्दै आएको छ ।

पटके सवारी करबाट मात्रै महानगरले वार्षिक झण्डै ५ करोड रुपैया उठाउदै आएको भएपनि मुख्य नाकाको पुल र सडक मर्मत नगरिदिएको सवारी चालकहरु बताउछन् । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि फेरि पटके सवारी कर संकलनको ठेक्का ४ करोड ९१ लाखमा लगाइ सकेको छ ।

इन्धन भर्न रक्सौल जादै गरेका ट्याङकर चाकल दिपेश श्रेष्ठले भने,‘ यो अहिलेको मात्र होइन सधैको समस्या हो, सवारी करका नाममा महानगरपालिकाले पैसा उठाइ रहेको छ, तै पनि पुल र बाटोको बेहला यस्तो छ ।

This image has an empty alt attribute; its file name is 105848096_2378476632452917_54658117241062109_n.jpg

वीरगन्ज महानगरपालिका महानर्क पालिका भन्दा कम नभएको अर्को चालक राजकुमार घिमिरेले आरोप लगाए । उनले भने–‘नेपालमा गणतन्त्र आएको छ, तर गणतन्त्रमा यस्तै विकास हुन्छ । मुलुकमा आएको गणतन्त्र नामको लागि मात्र हो, यहाँ विकास प्रेमी भन्दा बढी भ्रष्टाचारी नेता छन्, जनताको विकास भन्दा आफनै विकास तर्फ लागि परेका छन् ।’

नेपालमा आयात निर्यातको करिब ६० प्रतिशत भन्दा बढी कारोबार हुँदै आएको वीरगन्ज नाकाको पुल र सडक जीर्ण भइ दुर्घटनाको जोखीम हुदा समेत मर्मत सम्भारको सवाल स्थानीय तह पन्छिएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, भन्सार नाकाको पुल र सडक संघीय सरकारको जिम्मेवारीमा रहेको बताउछन् ।

मितेरी पुलदेखि रजत जयन्ति चोक सम्मको भन्सार क्षेत्रको सडक, महानरपालिका अन्तर्गतको नभइ संघ सरकारको सडक विभाग मातहतमा रहेको उनी बताउछन् ।

नाका र भन्सार क्षेत्रको सडक, सडक विभागको सडक भएकाले त्यसको मर्मतको जिम्मा सडक विभागकै हो ।

दुई वर्ष पहिले तत्कालीन भौतीक पुर्वाधारमन्त्री रघुवीर महासेठ वीरगन्ज आएका बेला दुई पटक मितेरी पुलमै लगेर देखाइ दिएको थिए,’ नगर प्रमुख सरावगी भन्छन्–‘पुल र सडक मर्मतका लागि संघ सरकारसंग त्यस बेला ७ करोडको माग पनि गरेको थिए, तर अहिले सम्म एक सुका पनि आएको छैन ।’

भन्सार क्षेत्रको जीर्ण सडक मर्मत सम्भारका लागि सडक विभागसँग फेरि समन्वय गरिरहेको सरावगी बताउछन् । भन्सार क्षेत्रको सडक, संघ सरकार मातहतको सडक रहेकाले उक्त सडकमा महानगरपालिकाले सवारी व्यवस्थापन कर नउठाएको दाबी पनि सरावगी गर्छन् ।मेयर

सरावगीले कर मेनरोडमा कर नउठाउँने दावी गरेपनि गत आर्थिक बर्षको पुस देखि असार समान्त सम्म २ करोड ९१ लाख कर असुल गर्न ठेक्का लगाएका थिए । मेयरले सवारी व्यवस्थापनको नाममा कर असुल्ने काम गरेपनि अहिले जिर्ण रहेको सडक मर्मत गर्नबाट पन्छिन खोजेका छन ।

प्रकाशति : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्