प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९३ पुग्यो



जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा २६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार धनुषामा १५ जना र सर्लाहीमा ११ जना व्यक्ति संक्रमित भएका छन् ।

शनिबार संक्रमित भएकाहरु मध्ये ५ जना महिला र २१ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ९३ पुगेको छ । संक्रमित मध्ये ३ हजार ३ सय ६४ पुरुष र २ सय २९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु शहिदनगर नगरपालिकास्थित शहिदनगर क्वारेन्टाइनका २३ वर्षीया एक महिला र २६ देखि ४० वर्ष उमेर समुहका ६ पुरुष तथा धनुषाधाम नगरपालिकास्थित धनुषाधाम क्वारेन्टाइनका १८ र २५ वर्षीया दुई महिला तथा १८ देखि २७ वर्ष उमेर समुहका ६ पुरुष रहेका छन् । त्यस्तै सर्लाहीको ठेगाना खुल्न नसकेका ४८ र ६० वर्षीया दुई महिला एवं १७ देखि ५८ वर्ष उमेर समुहका ९ जना पुरुषहरु संक्रमित भएका छन् ।

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा ४ हजार ७ सय ९१, सिरहामा २ हजार ८ सय ४५, धनुषामा ४ हजार ४ सय ५१, महोत्तरीमा ३ हजार ५ सय ३२, सर्लाहीमा ५ हजार ६ सय २७, रौतहटमा १३ हजार ३ सय १३, बारामा ३ हजार ५ सय ७९ र पर्सामा ६ हजार ९ सय ९२ जना गरि कुल ४५ हजार १ सय ३० जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ५ सय ९३ जना संक्रमित भएका छन् भने ३८ हजार २ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ३ सय ६, सिरहामा ५ सय ५६, धनुषामा ३ सय ६, महोत्तरीमा ५ सय १५, सर्लाहीमा ३ सय १८, रौतहटमा ७ सय २, बारामा ३ सय ३१ र पर्सामा २ सय ६७ जना गरि कुल ३ हजार ३ सय १ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा २८, धनुषामा ८९, सर्लाहीमा ९६, रौतहटमा १ सय ७६,बारामा ३२ र पर्सामा १६ जना गरि कुल ४ सय ३७ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा ७३, सिरहामा १४, महोत्तरीमा १ सय ६ र पर्सामा २ सय १३ गरि जम्मा ४ सय ६ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २१ हजार ९ सय ३७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय २६, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ६७, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २० जना गरि कुल १ हजार १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २० हजार ९ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ३ सय ६६ जनालाई राखिएको छ भने १८ हजार ८ सय ९६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ८ सय ७१ बेड क्षमताको आईसोलेशनमा ६ सय १९ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ६ सय ७१, सर्लाहीमा ६ सय ३५, धनुषामा ४ सय ३४, सप्तरीमा २ सय २, सिरहामा १ सय ७२, पर्सामा १ सय ६१ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ६७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका १४ जना, धनुषाका ३४ जना, महोत्तरीका ९ जना र सर्लाहीका १० जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय १३, महोत्तरीका १ सय ९७, सर्लाहीका ५ सय २५, रौतहटका ५ सय २५, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार ३५ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १–१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्