ओली सरकार असफलतातर्फ उन्मुखः खड्का



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले केपी शर्मा ओली नेतृत्वकोसरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् ।

 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं ।’

 

नेकपाकै बरिष्ठ नेता माधवजीले ‘जहाज डुब्नै लाग्यो कोही आएर बचाईदेऊ’ भनेर गीत गाउनुभयो ।

 

‘मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर बोल्नुभएको हो’ उनले भने, ‘झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको बोली पनि सकारात्मक छैन । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ ।’

 

७ महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेत देखा परेको उनले बताए ।

 

कार्यक्रममा सत्तारुढ नेकपाका नेता केशव बडालले भने सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने, ‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकपि्रय काम भएको छैन ।’

 

उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्