बार्यन म्युनिखले जित्यो कीर्तिमानी १३ औँपटक दोहोरो उपाधि



काठमाडौं : बार्यन म्युनिखले कीर्तिमानी १३ औँ पटक घरेलु लिगका दुई उपाधि जितेको छ । बार्यनले शनिबार राति भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गरेर कीर्तिमानी २० औँ पटक जर्मन कपको उपाधि उचालेको हो ।

बार्यनले अहिलेसम्म कीर्तिमानी १३ पटक बुण्डेसलिगा र जर्मन कपको उपाधि जितेको छ ।

फाइनल खेलमा दुई गोल गरेका बार्यनका रोबर्ट लेवान्डोस्कीले यो सिजन सबै प्रयोगितामा गरेर बार्यनका लागि ५० गोलको आँकडा पार गर्न सफल भए ।

उनले यो सिजन ४४ खेलमा ५१ गोल गरे । लेवान्डोस्कीले शनिबार रातिको खेलमा ५९ औँ मिनेट र ८९ औँ मिनेटमा गरेको गोल यो सिजनको ५० औँ र ५१ औँ थियो ।

बार्यनका लागि त्यसअघि १६ औँ मिनेटमा अलाबा र २४ औँ मिनेटमा ग्नाब्रीले गोल गरेका थिए । लेभरकुजनका लागि ६३ औँ मिनेटमा बेन्डर र ९५ औँ मिनेटमा पाएको पेनाल्टीमा हाभेर्ट्जले गोल गरे ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्