आज गुरु पूर्णिमा


काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महेन्द्रनगरः आज (शनिबार) विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले शव व्यवस्थापनको डेमो प्रदर्शन गरेको छ

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना

काठमाडौं : आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरगञ्ज : वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी

भजनीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेका छन् । उनले

काठमाडौंः काठमाडौंको सुन्धाराबाट अबैध सुनचाँदी तथा २ थान चाईनिज पेस्तोल छाडी फरार रहेका अभियुक्त निलेश

काठमाडौंः राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना

जनकपुरधाम : जनकपुरधामको रामजानकी हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एकजना सुत्केरी महिलाको ज्यान गएको एक हप्ता

सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच