पाँच लाख रुपैयाँ बराबरको पटका बरामद



सर्लाही : सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ भाडसरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले शनिबार करीब पाँच लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त पटका बरामद गरेको हो ।

उक्त पटका टाउँकोमा बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका केही व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै उल्लेखित पटका सोही ठाउँमा छाडी फरार भएका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्