कांग्रेस बैठक बस्दै : प्रधानमन्त्री ओलीसँगको भेटबारे देउवाले जानकारी गराउने


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।

पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन र पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय लिन दिउँसो दुई बजे सानेपामा बैठक बस्न लागेको हो ।

कोभिड १९ का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नयाँ तालिका सार्वजनिक गर्न केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय महाधिवेशनको अन्तिम मितिमा फरक नपर्ने गरि कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । १४ औं महाधिवेशनका लागि फागुन ७ देखि १० सम्मको समय तोकिएको छ ।

मंगलबारको केन्द्रीय समिति बैठकमा प्रस्तावित परिमार्जित कार्यतालिका केही संशोधन गरि आजको बैठकले पास गर्ने तयारी छ । बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ताको विषयमा पनि जानकारी लिने तयारी छ ।

असार १७ मा प्रधानमन्त्री ओलीसँगको भेटमा भएका विषय बैठकमा देउवाले जानकारी गराउनेसमेत बताइएको छ।

संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न देउवालाई बोलाइएको बताइए पनि सत्तारुढ दल नेकपाभित्र गहिरिएको संकटकै बीचमा पार्टी भएको भेटघाटले पार्टीभित्र र बाहिर संशय पैदा भएपपछि देउवाले बैठकलाई जानकारी गराउनत लागेका हुन् ।

यस्तै सरकारको कार्यशैलीविरुद्ध प्रश्न उठाउँदै आएको कांग्रेसले सडक संघर्षका कार्यक्रम घोषणा गर्ने बुझिएको छ ।

सरकारले सदन अकस्मात अन्त्य गरेको गरेको विषयमा समेत बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महेन्द्रनगरः आज (शनिबार) विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले शव व्यवस्थापनको डेमो प्रदर्शन गरेको छ

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना

काठमाडौं : आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरगञ्ज : वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी

भजनीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेका छन् । उनले

काठमाडौंः काठमाडौंको सुन्धाराबाट अबैध सुनचाँदी तथा २ थान चाईनिज पेस्तोल छाडी फरार रहेका अभियुक्त निलेश

काठमाडौंः राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना

जनकपुरधाम : जनकपुरधामको रामजानकी हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एकजना सुत्केरी महिलाको ज्यान गएको एक हप्ता

सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच