कञ्चनपुरमा धारिलो हतियार प्रहार गरि छिमेकी हत्या



कञ्चनपुर : कञ्चनपुरको पुर्नवासमा गौरव खड्काले धारिलो हतियार प्रहार गरि छिमेकीको हत्या गरिएका छन् ।

खड्काले पुर्नवास नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले कुँवरका छिमेकी खड्काले शनिबार राति धारिलो हतियार प्रहार गरेर हत्या गरि भागेको बताए ।

उनले हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भइरहेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाक्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्