‘सन्जु एकपात्री’ भाग–१



म्यासेन्जर खोले केहि बेर अगाडि राठिको पनि म्यासेज आएको रहेछ ।

होस् मलाई यो गर्दे भनेरै म्यासेज आएको होला । जसलाई मेरो खाँचो छ उसले फेरि पनि म्यासेज वा कल गर्छ नै । देश पुरा संकटमा छ यहाँ जनता अत्ति भो को नारामा छन् । सरकार प्रतिको असन्तुष्टि उग्र मोर्चामा छ ।

यता ‘सन्जु’ न भेटिएकोमा म तनावमा छु ।

म्यासेन्जरको डाइरेक्ट म्यासेज च्याट हेरिसके । त्यहाँ कुनै सन्जु नामक केटिको म्यासेज त परिजाओस् अन्य कुनै केटिको हाई सम्मको म्यासेज पनि छैन् । अब पालो छ त रजनिसलाई कल हान्ने ।

फोनको घण्टीसँगै मनमा गुट्मुटिएका भावहरु प्रस्फुटन हुन तयार अवस्थामा छ ।

हेलो ‘कहाँ छि’

उसले भन्दै छ ‘हम घरे, रुम पर’

‘सार तोरा डर नै छौ जब तभि मजाक करै छि । देखि हम कहि छियौ सब कुच ट्राई मारियान मुद्दा हमरा मे कोनो इमेल वाला मजाक नै करियान ।’

हाई..! के छि–भन्दै मलाई प्रतिउत्तर गरि रहेको छ ।

येसो मोबाईलको माथि हेरे । ठिक रातिको २ः०० बजेको रहेछ ।

मन मनै सोचे यसले यति शुद्ध नेपालि त लेख्न के बोल्नै जान्दैन यसले कि कसैलाई लेख्न त लगाको होईन् ?

रजनिस ‘हेलो हेलो..!’ गर्दै छ ।

सायद निन्द्राबाट बिउझियो ।

मैंले भने ‘हेर रजनिस यो इमेलले मेरो निन्द्रासँगै एकाग्रता नस्ट गरेको छ ।कसले लेखेको हो भन् ? को संग लेखाइस् भन ?’

उ बिचमा बोल्न त खोज्दै थियो तर मेरा शब्दसँगै उसको आवाज हराउथियो ।

उसले भन्यो ‘हेर मैले केहि कुनै पनि इमेल लेखेको छैन’

‘साच्चै भनिस नि ??’
‘साच्चै प्रमिस भनेको किन मजाक गर्नु यार तलाई । सुतह दे अब हमरा !’
भन्दै उसले फोन राख्यो ।

अब मलाई मेरो निन्द्रासँग होईन यो सन्जु नामसँग डर पैदा हुन थाल्यो । को हो वास्तविक नाम के हो ?

होस् इमेल पढ्नै बाँकि छ । हेरौन केहि खुराक त जरुर मिल्छ । उसले लेखेकि थिई ।

‘म अहिले आत्मग्लानी गर्दै छु । हजुरको लेखलाई मात्र होईन म हजुरको नजिक भएका सपनाका क्षणले मलाई औधी सताउने गर्छ । हजुरको स्याड स्टोरि र कहिले काहिँ पेचिला शब्दहरुले मलाई तड्पाइरहने गर्छन् । मैंले जसरि उल्लेख गरेकि छु हजुरको शब्दले मलाई अध्यारोमा पनि प्रकास छर्ने दियो बनाएको छ । मलाई थाहाँ छ । हजुरले माथिल्लो फ्रेन्ड रिक्वेस्ट शब्द पस्चात मलाई सर्च गर्नु भएको होला । तर माफ गर्नुहोला एक हप्ताको बसाई सम्ममा पनि मैले हजुरको तर्फबाट रिक्वेस्ट एसेप्ट नभएसि म हजुरको निम्ति बिचल्लित हुनु मेरो बिबस्ता हुन्थ्यो । मैंले यो वाक्यसँगै हजुरको बाट रिक्वेस्टको अपेक्षा गरेकि छु । मलाई यो पनि थाहाँ छ, हजुरको ‘आउट प्रस्नालिटि’ जतिको कठोर छ । हजुरको स्वभाव त्यतिनै सरल र सहज छ । अब म हजुरको प्रतिक्षामा मेरो फेसबुकको रिक्वेस्ट चेक गरि बसिरहेको हुने छु । सम्वतः मलाई त्यहाँ भेटाउनु भएछ भने म बुझ्ने छु हजुरको नयनले मेरो रिक्वेस्ट उहिले कैद गरेको रहेछ । अन्यथा म यसै इमेलमा आफ्ना जिग्यासाको निम्ति कुरिरहने छु ।’

अन्तिममा उनले उहि तपाईंको मर्मस्पर्शी पाठक ‘सन्जु’ भनेर लेखेकि थिइन् ।

यो पत्र पढि रहदा, मलाई मेरो धैर्यताको बाँध प्रस्फुटन हुन सक्ने सम्भावनाको आंकलन गरिरहेको थिए । ल्यापटपको ब्याकग्राउण्ड गित थप सुमधुर लाग्न थालेको थियो । अब मैले ति गितको म्युजिक होईन लिरिक्स बुझ्न थाले

‘जाम पारि पारि …
कसैले नदेख्ने गाउँमा..!’
सङ्गीतकार तथा गायक नारायण कडरिया दाजुको गितको भावमा ।

जसरि माछा पानिको सालिनतामा आफुलाई हराउन विवश बनाउँछ त्यसरि काल्पनिक संसारमा म स्वयं तैरिदै थिए ।

अब के ? मनमा प्रश्नको जागरण भएको छ ।

एक मनले गाल्नि बनायो बिनाकाम रजनिसमा शंका गरेकोमा तर अर्को मनले होईन यो रजनिस बाहेक अरुको पनि मजाक हुन सक्छ । हुन सक्छ ।

तर मैले के सम्म बुझेको छु भन्दा यो पत्र ठुलै आटले लेखिएको हुनुपर्छ । मस्तिष्कमा केहि बेर जोड दिँदा, सोचे कसैको प्रम प्रतिको शंकामा म साँचो प्रम त गुमाइरहेको छैन् । त्यो पनि मोबाइल र इन्टरनेटको एक्सेस बीच कसले पत्र लेख्छ । कि त उ मलाई धेरै पहिले देखि पन्छाउँदै गरेको हुनुपर्छ कि त उ प्रेम सम्बन्धमा निकै सचेत हुनुपर्छ ।

गित संगै मनको अड्कल बाजि पनि सक्कियो ।

मन मनै सोचे ‘इट उल्ल बि टु फास्ट टु रिप्लाई, लेस्ट थिङ्क फर टुमरो..’

पूर्ण पानिले गलालाई सितलता दिदै लाप्टपलाई मुडामा राख्दै अचुत घिमिरेको स्वरमा १० घण्टा लामो ‘एक सर्को माया…’ सुनेर सुत्न हर सम्भव प्रयास जारि राखे..! सुत्ने क्रममा अचुत घिमिरेको स्वरमा राउदा अतिफका स्मृति मेरो आँखा अघि नै आएर बसेको थियो सायद म त्यो स्वरसँगै कल्पनाको सागरमा डुबेछु ।

अर्को भाग अर्को हप्ताको शुक्रबार..
यो भाग बुझ्नलाई यो पढ्नु होला ।

‘सन्जु’-एकपात्री

प्रतिक्रिया दिनुहोस्