संकटका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो कम्युनिष्टको समाजवाद हो त ?: पौडेल


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने स्पष्ट परोका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वागमति प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंग गरेको छलफलमा विश्वमा कम्युनिष्टहरु हल्ला मच्याउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टी भइसकेको स्मरण गर्दै नेपालमा पनि कम्युनिष्टहरुले यो कुरालाई पुष्टी गरेको बताए ।

पौडेलले कम्युनिष्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउदै अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुइतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे ।

पौडेलले दुईतिहाई नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिष्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको बताए । पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको बैज्ञानिक समाजवाद हो भनि प्रश्न समेत गरे ।

विश्वका पुँजीवादी देशहरु र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रीक समाजवादले समाधान गर्ने पौडेलको भनाई थियो ।

पौडेलले गान्धीवाद समाजवाद नभएपनि गान्धीवादमा आधारित समाजवादले विश्वालाई जोगाउने तर्क गरे । पौडेलले पूँजीवादीहरु राज्यका सवै दायित्व व्यापारिलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए ।

पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तीको राजनीति छोडेर सिद्धान्त र आर्दशनको राजनीति अबलम्बन गर्नुपर्ने बताए । उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए ।

पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ती गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सवै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए । उनले कांग्रेसको १४ औं महाधिवेशन त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका