प्रहरी प्रतिष्ठान टेन्डरको मस्यौदा बनाउने जिम्मा भारतलाई !


काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्ष अघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरेमेन्ट र कन्स्ट्रक्सन) मोडलमा बनाउन भारतलाई जिम्मा दिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनका क्रममा काठमाडौं आएका बेला २०१४ नोभेम्बर २५ मा आयोजना निर्माणबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सोही अनुसार भारतले अनुदान उपलब्ध गराउने र भारतसँग परामर्श लिएर नेपालले आयोजना अघि बढाउने भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र समकक्षी मोदीको उपस्थितिमा अर्थ सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह (सीमा सुरक्षा हेर्ने) सचिव स्नेहलता कुमारले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । समझदारीमा भारतीय परामर्शमा डीपीआर नेपालले छनोट गर्ने र सोहीअनुसार आयोजना सुरु गर्न टेन्डर आह्वान गर्ने उल्लेख थियो ।

तर, गएको नोभेम्बरमा पुरानो समझदारी संशोधन गरेर कार्यप्रगतिका आधारमा रकम भुक्तानी गर्ने र टेन्डर सूचना मात्रै नेपालले गर्ने गरी आयोजनाको जिम्मा भारतलाई दिइएको हो । अब भारतले नै निर्माण सम्पन्न गरेर आयोजना नेपाललाई हस्तान्तरण गर्नेछ ।

यसअघिको समझदारी संशोधन गरिएको विषय दुवै देशले गोप्य राखेका थिए । गएको जेठमा आयोजना अघि बढाउन भारतमा बनेको ‘टेन्डर’ सूचनाको मस्यौदा अनुमोदनका लागि नेपाललाई कूटनीतिक पत्राचार गरिएपछि मात्रै नयाँ समझदारीको रहस्य खुलेको हो । टेन्डरको मस्यौदा भारतको सेन्ट्रल पब्लिक वर्कस डिपार्टमेन्ट (सीपीडब्लूडी) ले बनाएको हो । एकेडेमी निर्माणको डीपीआर पनि सीपीडब्लूडीले नै बनाएको थियो । डीपीआर भारतले ७ महिनाअघि नै नेपाललाई बुझाइसकेको छ ।

गृह मन्त्रालयका अनुसार भारत सरकारबाट प्राप्त टेन्डरको मस्यौदा अध्ययनका क्रममा छ । गृह स्रोतले भन्यो–‘भारतले एकेडेमी निर्माणपछिको निश्चित समयसम्म आफ्ना सुरक्षा अधिकारीलाई नै राख्ने प्रस्ताव गरेको थियो । तर, यसमा हामी सहमत हुन सकेनौं, त्यसपछि निर्माणको जिम्मा दिइनुपर्ने अडान भारतीय पक्षको रह्यो ।’

भारतले पठाएको टेन्डर सूचनाको मस्यौदा अहिले थप अध्ययन गर्न प्रहरी प्रधान कार्यालय पुगेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पनि भारतले बनाएको टेन्डरको मस्यौदा अध्ययनका क्रममा गृहबाट आएको पुष्टि गरे ।

‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणसम्बन्धी भारत सरकारले तय गरेको गुरुयोजनाअनुसारकै टेन्डर नोटिसको मस्यौदा गृह मन्त्रालयबाट हामीलाई आइसकेको छ,’ उनले भने–‘यस विषयमा प्रहरी प्रतिष्ठान र प्रहरी प्रधान कार्यालयका प्राविधिकहरूबाट अध्ययन भइरहेको छ ।’

टेन्डरको प्राविधिक पक्ष अध्ययन गरेर राय र सुझावसहित छिट्टै गृहमा बुझाइने उनले बताए । डीपीआरअनुसार एकेडेमी ५ हजार ४ सय ९४ दशमलव ६१ मिलियन भारतीय रुपैयाँ (८ अर्ब ७९ करोड १३ लाख ७६ हजार नेपाली रुपैयाँ) मा सम्पन्न हुनेछ । निर्माण सुरु भएपछिको ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो