उपचार गर्न पुगेका बालकलाई डाक्टरले कुटे



बुटवल : उपचारका लागि अस्पताल पुगेका बालकलाई डाक्टरले पिटेको भन्दै स्थानीयले बुटवलको लुम्बिनी अस्पतालमा नाराबाजी गरेका छन् । 

दाँतको उपचारका लागि गएका तिलोत्तमा ३ का ७ बर्षिय अभिनव विकलाई चिकित्सक डा हेमन्त पाठकले पिटेको भन्दै प्रदर्शन गरेपछि प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएको छ । किराले खाएको दाँत उखेल्न नमानेका कारण चिकित्सकले हानेको स्थानीयको आरोप छ । 

चिकित्सक र पिडितपक्षबिच अहिले ईलाका प्रहरी कार्यालयमा विवाद समाधानका लागि छलफल चलीरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक ऋषिराम धर्तीले जानकारी दिए । बालकका आफन्त र स्थानीयको प्रदर्शनका कारण केही बेर लुम्बिनी अस्पतालको सेवा प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्