राष्ट्रपति भण्डारीले पहिले आमाको हातबाट टिका लगाउने



काठमाडौं : भोलि अर्थात असोज २ गते विजया दशमी । आफूभन्दा ठूलाको हातबाट टिका ग्रहण गर्ने दिन । राष्ट्रपति विद्यादेवी भण्डारीले माता मिथिला पाण्डेको हातबाट टिका ग्रहण गर्ने भएकी छिन् ।

 

त्यसपछि गुरुहरुको हातबाट टिका थाप्ने र आफ्ना परिवारका सदस्यहरुलाई टिका लगाईदिने कार्यक्रम रहेको छ । अपरान्ह १ बजेमात्रै उपराष्ट्रपति, प्रधानमन्त्री, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिहरुलाई टिका लगाईदिने कार्यक्रम रहेको छ। त्यसपछिमात्रै उनले सर्वसाधारण जनतालाई टिका लगाईदिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्