सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९७७ पुग्यो



धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् । जसमा १२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भैरहेको डा हेमराज पाण्डेले जानकारी दिए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ सय ७७ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्