हिरोले भन्दा बढी अभिनेत्रीले पारिश्रमिक लिएका ५ फिल्म



एजेन्सी : बलिउड होस् वा कलिउड, हिरोइनको पारिश्रमिक हिरोको भन्दा धेरै कम हुने गरेको पाइन्छ । तर बलिउडका चार फिल्मका हिरोइनहरुले आफ्नो पारिश्रमिक हिरोको भन्दा बढी लिएका छन् । जसमा कंगना रनावत, दीपिका पादुकोण, माधुरी दीक्षित र करिना कपुर छन् ।

कंगना रनावत

कंगना बनिन् बलिउडमा सबैभन्दा बढी ...

कंगनाले फिल्म ‘क्वीन’, ‘तनु वेड्स मनु’ जस्ता फिल्ममार्फत अभिनेत्रीको बलमा पनि फिल्म चल्छ भनेर साबित गरिदिएकी छन् । उनले यी फिल्मका लागि ११ करोडभन्दा बढी पारिश्रमिक लिएकी थिइन् । फिल्म ‘कट्टीबट्टी’ मा पनि कंगनाले त्यसका हिरो इमरान खानले भन्दा धेरै पारिश्रमिक लिएकी थिइन् ।

दीपिका पादुकोण

Deepika Padukone Next Project A Dark Romantic Film - अब एक ...

दीपिकाले फिल्म ‘पिकु’ मा हिरो अमिताभ बच्चनले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । फिल्म ‘पद्मावत’ का लागि दीपिकाले यसका हिरो रणवीर सिंह र शाहिद कपुरको तुलनामा बढी पारिश्रमिक लिएकी थिइन् । यो फिल्मका लागि दीपिकाले १३ करोड, रणवीरले ११ करोड र शाहिदले १० करोड पारिश्रमिक लिएका थिए ।

माधुरी दीक्षित

Birthday Special: Try Madhuri Dixit's Beauty Secrets To Get ...

९० को दशकमा सबैभन्दा बढी रुचाइएका माधुरी दिक्षीतका फिल्ममध्ये एक थियो ‘हम आपका है कौन’ । यस फिल्ममा सलमान खानको तुलनामा माधुरी दीक्षितले बढी पारिश्रमिक लिएकी थिइन् । त्यस समयमा माधुरी सुपरस्टार थिइन् भने सलमान खान नयाँनयाँ थिए ।

करिना कपुर

थप दुई फिल्ममा देखिदै करिना कपुर ...

यस्तै करीना कपुरलाई फिल्म ‘कुर्वान’ का लागि निर्माताले हिरो सैफअली खानको भन्दा बढी पारिश्रमिक तिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्