नेपालमा २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्