काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण



काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।

यस्तै आइतबार नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको हो ।

प्रकाशित : असार २१, २०७७

प्रतिक्रिया दिनुहोस्