छठसम्म पनि संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं : राजपा उपाध्यक्ष मण्डल



काठमाडाैं : राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । 

 

उहाँले भन्नुभयो,‘स्वयम् प्रधानमन्त्रीजीले संबिधान संशोधन गर्छु भनेर कन्भिन्स गर्नुभएको छ । हामीले संशोधनको लागि धेरै पटक सरकारसँग सम्झौता गरेका छौं । तर, अहिलेसम्म संशोधन भएको छैन । अहिलेपनि प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर हामीलाई कन्भिन्स गर्नुभएको छ। छठसम्म हाम्रो समर्थन जारी रहन्छ । छठपछि पनि संशोधन भएन भने हामी समर्थन फिर्ता लिएर आफ्नो तरिकाले अघि बढ्छौं ।’

कांग्रेस नेता डा. नारायण खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाए । खड्काले प्रधानमन्त्रीकाे अभिव्यक्ति गैर जिम्मेवार ढंगकाे भएकाे बताए ।

 

खड्काले भन्नुभयो,‘बलात्कारपछि निर्मला पन्तको हत्या भयो । प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्नुभयो । यस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति प्रधानमन्त्रीजस्तो व्यक्तिले दिने हो ?’

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

नेकपा सांसद केशव बडाल

उनले भने ,‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन । आजको भोलि नै सबै काम हुँदैन् । समय लाग्छ । ५ वर्षमा गर्ने काम आजै हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्