कञ्चनको हत्यारालाई सजायको माग गर्दै जनकपुरमा प्रदर्शन



जनकपुरधाम : ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारको हत्यारालाई सजायको माग गर्दै स्थानीयले आज (आईतबार) जनकपुरमा प्रदर्शन गरेका छन् । स्थानीय कुर्था युवा क्लवको अगुवाईमा सयौं युवाहरुले अपराधीलाई तत्काल पक्राउ गरि कञ्चनलाई न्यायदिन भन्दै प्रदर्शन गरिएको हो ।

No description available.

कुर्थाका स्थानीय युवा र नागरिक समाजले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । वडाको प्रमुख बजार चौक र टोल टोलमा गएर क्लवका युवाहरुले आज प्रदर्शन गरेका हुन् ।

No description available.

कञ्चनको हत्यामा संलग्न दोषीलाई ४ दिन बितिसक्दा समेत प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै आफुहरुले प्रदर्शन गरेको क्लवका अध्यक्ष चन्द्रशेखर महासेठले बताए । उनले कञ्चनको हत्यामा संलग्न जो कोहि भएपनि छानवीन गरेर तत्काल कारवाही गर्नुपर्ने माग गरे ।

No description available.

स्थानीय युवा दिपेन्द्र कुमार दास, अनिकेत महासेठ, दिनेश माझी, शेखर पजियार, रोशन कुमार साह लगायत क्लवका दर्जनौं युवाहरु स्टप चाइल्ड रेप, जस्टिस फर कञ्चन, अपराधिलाई मृत्यु सजाय होसलगायतका मागहरु लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

No description available.
प्रतिक्रिया दिनुहोस्