प्रदेश २ कोरोना अपडेट : २४ घण्टामा थप ११५ जना संक्रमित, २ हजार ७७ जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार सबैभन्दा बढि सप्तरीमा ३५ जना, धनुषामा २७ जना, सिरहामा २३ जना, महोत्तरीमा १२ जना, रौतहटमा ११ जना, सर्लाहीमा ६ जना र पर्सामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

आईतबार संक्रमित भएकाहरु मध्ये १४ जना महिला र १ सय १ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ८ पुगेको छ । संक्रमित मध्ये ३ हजार ४ सय ६५ पुरुष र २ सय ४३ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

प्रदेशभरीमा आईतबारसम्म सप्तरीमा ४ हजार ७ सय ९१, सिरहामा २ हजार ८ सय ४५, धनुषामा ४ हजार ४ सय ५१, महोत्तरीमा ३ हजार ५ सय ४८, सर्लाहीमा ५ हजार ६ सय २७, रौतहटमा १३ हजार ५ सय १३, बारामा ३ हजार ५ सय ७९ र पर्सामा ७ हजार ५७ जना गरि कुल ४५ हजार ४ सय ११ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ८ जना संक्रमित भएका छन् भने ३८ हजार ५ सय ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

No description available.

त्यस्तै सप्तरीमा २ सय ७१, सिरहामा ५ सय ३२, धनुषामा २ सय २३, महोत्तरीमा ४ सय ६७, सर्लाहीमा ३ सय ११, रौतहटमा ८ सय ९१, बारामा ३ सय ३१ र पर्सामा १ सय १२ जना गरि कुल ३ हजार १ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (आईतबार) मात्रै महोत्तरीम १६, रौतहटमा २ सय र पर्सामा ६५ जना गरि कुल २ सय ८१ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १८ र पर्सामा १ सय २० गरि जम्मा १ सय ३८ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २२ हजार ७५ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय २६, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ६७, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २१ हजार ५७ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

No description available.

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ६४ जनालाई राखिएको छ भने १८ हजार ३ सय २१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा ६ सय ५८ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ६ सय ८३, सर्लाहीमा ६ सय ४१, धनुषामा ४ सय ६१, सप्तरीमा २ सय ३७, सिरहामा १ सय ९५, पर्सामा १ सय ६१ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४२ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ६ जना, महोत्तरीका ८ जना, रौतहटका २० जना र बाराका ८ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय १९, महोत्तरीका २ सय ५, सर्लाहीका ५ सय २५, रौतहटका ५ सय ४५, बाराका १ सय १५ र पर्साका १ सय ७१ जना गरि २ हजार ७७ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १–१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्