प्रधानमन्त्री ओलीले भेटे प्रधानसेनापती थापालाई पनि



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सम्भावित सबै विकल्प खुला गरेर छलफलमा जुटेका छन्।

राष्ट्रिय राजनीतिसँग कमैमात्र प्रत्यक्ष सम्पर्कमा देखिने सेनासँग प्रधानमन्त्री ओलीले नियमित सम्पर्क गरिरहेका छन्। बदलिँदो राजनीतिबीच प्रधानमन्त्री ओली र प्रधानसेनापती थापाबीच भइरहेको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ।

प्रधानसेनापति थापाले शनिबार पनि बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए। राजनीतिक संक्रमण उच्च रहेका बेला सेनाको सक्रियता र त्यसमा पनि सरकार प्रमुखले नै सेनासँग निरन्तर सम्पर्क गर्नुलाई सामान्य मान्न नसकिने अधिकारीहरु बताउँछन्।

‘पार्टीभित्रैबाट राजिनामा मागेपछि र अल्पमतमा रहेको अवस्थामा प्रधानमन्त्रीले प्रधानसेनापतीसँग गरेको भेटघाटमा सम्भावित संकटकालका विषयमा कुराकानी भएको हुन सक्ने अनुमान लगाउन गाह्रो छैन’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।

आफ्नै पार्टीभित्र अल्पमतमा परिरहेका ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले पटकपटक भेटघाट गरेका छन्, पछिल्लोपटक आइतबार मात्र पनि भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्