म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा साउथह्याम्पटनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई १–०ले पराजित गरेको हो ।

साउथह्याम्पटनको जितमा १६ औँ मिनेटमा चे एडम्सले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिक्रिया दिनुहोस्