उपाधिपछि लिभरपुलको पहिलो जित



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा उपाधि विजेता लिभरपुल भने विजयी भएको छ ।

घरेलु मैदानमा उपाधि पक्का गरेपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले त्यसपछिको खेलमा भने जित निकालेको हो ।

लिभरपुलले आइतबार राति भएको खेलमा एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो ।लिभरपुलको जितमा ७१ औँ मिनेटमा साडिओ माने र ८९ औँ मिनेटमा कर्टिस जोन्सले गोल गरे ।

जितपछि लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६६ अंक रहेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा बर्नली र शेफिल्ड युनाइटेडले १–१ तथा न्यूक्यासल र वेष्ट ह्याम युनाइटेडले २–२ को बराबरी खेलेका छन् ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्