आज दिउँसो भारी वर्षाकाे सम्भाबना, बाढी पहिरोको जोखिम



काठमाडौं : मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही आज सबैजसो भू-भागमा वर्षा भए पनि दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्