इराकस्थित अमेरिकी दूतावास र सैन्य इलाकामा रकेट हमला



एजेन्सी : इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास र सैन्य इलाकामा रकेट हमला भएको छ । इराकी सुरक्षा बलले ग्रिन जोन इलाकामा आइतबार अमेरिकी कूटनीतिज्ञ तथा सैन्य ठाउँलाई निसाना बनाएर दुईवटा रकेट बम हमला गरेको हो ।

ग्रिन जोनमा रहेको अमेरिकी दूतावास छेउमा भएको छ भने दोस्रो बगदाद नजिकै रहेको सैन्य अड्डालाई निसाना बनाएर गरिएको थियो । तर, दुवै हमला असफल बनेका छन् । सेनाका अनुसार रकेट ग्रिन जोन क्षेत्रबाट केही पर एक घर नजिकै खसेको थियो । जसका कारण एक बालक घाइते भएका छन् भने घरमा क्षति पुगेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार अक्टोबरदेखि अहिलेसम्म अमेरिकी कूटनीतिज्ञ तथा सुरक्षा बलप्रति तीन दर्जनभन्दा बढी मिसाइल हमला भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्