रियल म्याड्रिड एथलेटिको बिलबाओलाई १–० हरायो



म्याड्रिड : रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । सर्जियो रामोसले पेनाल्टीबाट ७३ औं मिनेटमा गरेको गोलको मद्दतले रियलले एथलेटिको बिलबाओलाई १–० हरायो ।

यो जितपछि जिनेदिन जिदानको रियल लिग उपाधिबाट अझ नजिक पुगेको छ । रियलको अब ३४ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७० अंक छ ।

बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनाले आइतबार राति नै भिल्लारियलको सामना गर्दै छ । रियलको जितले बार्सिलोनालाई त्यस खेलमा जित निकाल्ने दवाव हुनेछ ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्