नेकपालाई गगन थापाको सुझाव : प्रवृत्ति फेर, धन्दा छोड



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति फेर्न र धन्दा छोड्न आग्रह गरेका छन्। आइतबार ट्विट गर्दै नेता थापाले प्रवृत्ति फेर्न र धन्दा छोड्न आग्रह गरेका हुन्। जनताले ५ वर्षसम्म नेकपालाई सरकार चलाउन र नेपाली कांग्रेसलाई प्रतिपक्षीमा बस्न जनादेश दिएको समेत उनले स्मरण गराएका छन्।

‘जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सबल प्रतिपक्षीय भुमिकामा रहने म्यान्डेट दिएका हुन्,’ थापाले ट्विटमा लेखेका छन्, ‘यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामीप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव राखेको कुरा बाहिरिएपछि थापाको यस्तो प्रतिक्रिया दिएको छ । यो विषयमा काँग्रेस केन्द्रीय समिति बैठकमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्